पर्सामा सशस्त्र प्रहरीमाथि गम्भीर आरोप : निरीक्षकद्वारा दुई बालकमाथि कुटपिट, टाउको फुटाइयो

पर्सा २९ — पर्सा जिल्लामा सशस्त्र प्रहरीको व्यवहारमाथि गम्भीर प्रश्न उठ्ने घटना सार्वजनिक भएको छ। बिहीबार बोर्डर आउट पोस्ट श्रीसियामा कार्यरत सशस्त्र प्रहरी निरीक्षकले दुई जना नाबालक बालकमाथि निर्घात कुटपिट गरेको आरोप लागेको छ।

Advertisement

प्राप्त जानकारीअनुसार सामान्य सोधपुछको क्रममा ती निरीक्षकले दुई बालकमाथि कुटपिट गरेका हुन्। कुटपिटका कारण दुवै बालक गम्भीर घाइते भएका छन् भने उनीहरूको टाउकोसमेत फुटेको बताइएको छ। घटनापछि उनीहरूको उपचार भइरहेको जनाइएको छ।

घटनापछि स्थानीयवासी आक्रोशित भएका छन्। सुरक्षाकर्मीबाटै बालबालिकामाथि हिंसात्मक व्यवहार हुनु अत्यन्तै निन्दनीय र मानवअधिकारविपरीत भएको स्थानीयको भनाइ छ। उनीहरूले पर्सामा सशस्त्र प्रहरीका केही कमान्डरहरूको व्यवहार नियन्त्रणबाहिर गएको आरोपसमेत लगाएका छन्।

स्थानीयवासीले घटनामा संलग्न बोर्डर आउट पोस्ट श्रीसियाका सशस्त्र प्रहरी निरीक्षकलाई तत्काल कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा पीडित बालकलाई न्याय दिन माग गरेका छन्। दोषीमाथि कडा कारबाही नगरिए जनआक्रोश बढ्न सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यस घटनाले सुरक्षाकर्मीभित्र अनुशासन र जिम्मेवारी कत्तिको कायम छ भन्ने प्रश्न उठाएको छ। सम्बन्धित निकायले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने मागसमेत स्थानीयले गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box