वडा प्रहरी बिर्ताले करिब ३४ लाखको सामग्री सहित ट्रक नियन्त्रणमा

बिरगंज २९ साउन । बीरगञ्ज महानगरपालिका वडा नं. १६, नगवा बाईपास सडक स्थितबाट वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटीएका प्रहरी टोलीले अनलाईन बिल नभएका तथा बिल–बिजकभन्दा बढी लोड भएका सामानसहित एक ट्रक फेला पारेको छ।

Advertisement

प्रहरीले फेला पारेको ना.६ ख. २४३४ नम्बरको ट्रकमा करिब रु. ३३,७७,७३१ बराबरका किराना, हार्डवेयर, कस्मेटिक र इलेक्ट्रोनिक लगायतका खुद्रा सामानहरू लोड भएको थियो। अनुसन्धानका क्रममा ट्रकमा रहेको सामानहरूको बिल वा आवश्यक दस्तावेजहरू नभएको पाइएपछि ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।

प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार ट्रकमा लोड भएका सामानहरूको वास्तविक मूल्य र बिल–बिजकबीच ठूलो अन्तर रहेको देखिएको छ। यसप्रकारको अनियमितता नियन्त्रण र व्यापारिक ईमानदारी कायम गर्न प्रहरीले तत्काल कारवाही गर्नुपर्ने देखिएको हो।

राजश्व अनुसन्धान कार्यालयले ट्रक र सामानहरूको विस्तृत छानबिन गर्दै कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। प्रहरीले व्यापारीहरूले अनियमित बिल वा दस्तावेज प्रयोग गरी कर छली गर्ने काम नियन्त्रणमा ल्याउन प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box