बिरगंज २३ साउन । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यायनरत बिआईटी( BIT) सातौ सेमेस्टरका विद्यार्थीहरुले( टेक कन्कलेभ )बारेमा विभिन्न १२ वटा टिम मिलेर जसले आफैं सफटवेयार बनाएर प्रदर्शन गरेका छन् ।
उक्त सफटवेयर मार्फत कसरी आफुहरुले सिकेका सीपमूलकहरु ब्यवहारमा ल्याउन सकिन्छ भन्ने बारेमा जानकारी गराइएको थियो ।
अहिले तराईमा बेरोजगारी धेरै हुन थालेको र यसलाई रोजगारी संग कसरी जोड्न सकिन्छ व वा कम गर्न यस्ता प्रविधिको के कति महत्त्वपूर्ण काम रहेको भन्ने बारेमा हामीले जानकारी लिएर रोजगारी गरेको खण्डमा धेरै उपलब्धिहरु हुने उक्त प्रदर्शनीमा उल्लेख्य गरेका थिए। अहिले टेक्नोलोजी र प्रविधिक संगै अगाडि बढ्दै जानुपर्ने आधार रहेकोले यो अति आवश्यकता रहेको ठाकुरराम बहुमुखी क्याम्पसका शिक्षक आलोक चौरसियाले बताएका छन् ।
हामीले विद्यार्थीहरुको क्षमता विकास गर्ने उदेश्यले ठाकुरराम बहुमुखी क्याम्पसमा पहिलोपटक यो बिआईटी सातौ सेमेस्टरका विद्यार्थीहरुको अथक प्रयासले आफैंले तयार पारेका विभिन्न किसिमका सफटवेयार बारेमा प्रदर्शन गरेका हुन ।
उच्च शिक्षा मात्र हासिल गरेर नहुने भएकोले यो कम्प्युटर तथा अन्य प्रविधिकहरुको बारेमा आफैं तयारी गरेर प्रदर्शन गर्नु भनेको ठूलो उपलब्धि रहेको चौरसियाले बताएका हुन ।
बिआइटीका डाइरेक्टर संजय कुमार दासको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल टेलिकमका पुरन साह,क्वाल्टो सफ्ट डाइरेक्टर संजय सकसेना,वर्ल्डलिङ सुमेधा सरार्फ,डाइनामिक टेक्नोसफ्टका कृष्ण कुशवाहा,क्लासिकटेक बृजेश प्रधान ,स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादव ,क्याम्पसका शिक्षिकहरु सन्तोष साह,बसन्त ओझा ,श्याम गुप्ता ,कौशल साह,आलोक चौरसिया,संजय सक्सेना ,विश्वास साह तथा अन्य शिक्षकहरु एवम् विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।




