बीरगंज । वीरगंजमा रोजगार सेवा केन्द्र सञ्चार अभियान कार्यक्रम सम्पन्न
शुत्रबार वीरगंज स्थित होटल वृन्दावनमा सो कार्यक्रम सम्पन्न भएको हो कार्यक्रम कथा नेपाल र वीरगंज महानगरपालिका रोजगार सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कथा नेपालका संयोजक विश्वास ढकालले सञ्चार अभियानको उद्देश्य र महत्वबारे प्रकाश पार्दै, रोजगार सेवा केन्द्रहरूलाई समुदायसँग जोड्न सञ्चारको भूमिका निर्णायक हुने बताउनुभयो। कार्यक्रममा सञ्चार अभियानमार्फत रोजगार सेवाको पहुँच विस्तार, सूचना प्रवाहमा पारदर्शिता, र स्थानीय तहमा रोजगारीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।कार्यक्रममार्फत रोजगारीका अवसर, सीप विकास, श्रम बजारको पहुँच र सूचनाको प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। आयोजकले स्थानीय स्तरमा रोजगारीसम्बन्धी जनचेतना अभिवृद्धि हुने र सेवा केन्द्रको भूमिका सुदृढ हुने दावी गरेको थियो ।
कार्यक्रम वीरगंज रोजगार सेवा केन्द्रका संयोजक सुरज गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। अभियानमा कुल १५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न सरोकारवालाहरू, स्थानीय निकायका प्रतिनिधिहरू, युवा सहभागीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।




