4GR को फुड प्रोजेक्टको तेस्रो वार्षिकोत्सव, समाजसेवामा चौथो वर्षमा प्रवेश

वीरगंज । “घरको खाना सबैको चाहना” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै भोकको सामना गरिरहेका नागरिकहरूलाई सम्मानपूर्वक सेवा पुर्‍याउँदै आएको संस्था 4GR (For Good Reason) को “फुड प्रोजेक्ट” ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ।

Advertisement


संस्था २०७६ साल असोज ७ गते स्थापना भएको हो भने फुड प्रोजेक्ट २०७९ साल साउन १३ गतेबाट सुरु गरिएको हो। यसरी, लगातार ३ वर्षदेखि प्रत्येक आइतबार र सोमबार बेलुका ५:३० बजे वीरगन्जको ऐतिहासिक घण्टाघर अगाडि रहेको समर्पण सेवा भवन बाट भात, राज्मा, बिस्कुट, फ्रुटी र पानी सहितको स्वच्छ, न्यानो र सम्मानजनक खाना सेवा रु. ५ मात्रमा वितरण गरिँदै आएको छ।

यस परियोजनाले अहिलेसम्म हजारौं व्यक्तिहरूको भोक मेटाउँदै समाजमा मानवता र आशाको उज्यालो फैलाउँदै आएको छ। यो सेवा विशेष गरी ती व्यक्तिहरूका लागि केन्द्रित गरिएको छ, जो भोकमा छन् र एक छाक खाना पाउन संघर्षरत छन्।

4GR संस्थाको उद्देश्य सधैं एउटै रहँदै आएको छ — “कसैको पेट भरेर समाजमा आशाको दियो बाल्नु।”
यस पवित्र अभियानलाई अझ प्रभावकारी बनाउन संस्थाले सबैलाई सहकार्य र साथको अपील गरेको छ।

संस्थाका सदस्यहरू, स्वयंसेवकहरू र सहयोगी हातहरूलाई धन्यवाद दिँदै संस्थाले भविष्यमा झन प्रभावशाली ढंगले सेवा विस्तार गर्ने संकल्प लिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box