बिरगंज १८ असार । बिरगंजका सुपरफास्ट ढुवानी सेवा र भूमि विमान ट्रान्सपोर्टमा प्रहरीको छापा, अवैध समान ओसारपसार गरि रहेको स्थानीयको भनाइ ।सुपरफास्ट ढुवानी सेवा र भूमि विमान ट्रान्सपोर्टका संचालक धनबहादुर श्रेष्ठले वर्षौंदेखि आफ्नो ट्रान्सपोर्ट मार्फत भन्सार पछलीका सामानहरू आफ्नो मालवाहक ट्रकमा बीरगञ्जदेखि हेटौडासम्म अवैध रूपमा ओसारपोसार गर्दौ आइरहेको छ ।
हिजो मंगलवार राती तिर बिरगंजको रेलवेरोडमा रहेको सुपरफास्ट ढुवानी सेवा र भूमि विमान ट्रान्सपोर्टमा अवैध समान लोडिग गरीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय पर्साले छापा मारेर ४ ओटा ट्रक नियन्त्रणमा लिएको थियो ।
स्थानीय स्रोतका अनुसार उक्त ट्रकहरूमा लत्ता कपडा चिनी केराउ तथा खाद्यान्न सामग्री को साथसाथै काजु बटर र अन्य खाद्यान्न सामानहरू रहेको दाबी गरेको छ। हालै केही दिन अगाडि उत ट्रान्सपोर्टको ट्रकमा अवैध समान रहेको फेला परे पछि राजस्व कार्यलयले ११ लाख भन्दा बढी राजस्वले जरिवाना तिराएको सर्वत्र जानकारी रहेको छ।
भुमि विमान ट्रान्सपोर्टका संचालक धनबहादुर श्रेष्ठले भन्सार छलिएका समानहरुलाइ पैसाको दममा ओसारपसार गरि करोडौं कमाएको र हेटौंडामा आलिसान घर बनाएको स्रोतको दाबी रहेको छ ।
बिरगंजको बदनाम भुमी विमान ट्रान्सपोर्ट मा प्रहरीको छापा
Facebook Comments Box




