श्री गहवामाई रथ यात्रा समितिद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

११ असार । श्री गहवामाई रथ यात्रा समितिले असार १३ गते हुन लागेको रथ यात्रा को उपलक्ष्यमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा नेपाली रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र पर्साको अपिल अनुसार समाजसेवी, श्रद्धालु, युवा तथा स्वास्थ्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement


“रक्तदान जीवनदान हो” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा ४ महिला सहित ४२ जनाले रक्तदान गरेका थिए। रक्तदाताहरूमा बन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्याम प्रसाद गुप्ता, सम्भु साह, रवि कुमार गुप्ता, अजय राउत, विवेक कुमार सर्राफ, राजु गुप्ता, राहुल कुमार रौनियारलगायत सहभागी थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृज किशोर पटेल, रेडक्रस रेशमकोठिका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तवसहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले गरेका थिए भने प्राविधिक सहयोग रक्तसञ्चार सेवा केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे र नितेश यादवले गरेका थिए।
उक्त रक्तदान कार्यक्रमले वीरगञ्जमा मानव सेवा, सामाजिक उत्तरदायित्व र सहकार्यको भावना बलियो बनाउने अपेक्षा गरिएको आयोजकले बताएका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box