बिरगंज ३ असार । नारायणी अस्पतालमा कार्यरत डाक्टर अस्मिता उपाध्याय ( दिुवेदी) ले सरकारी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीलाई आफ्नो निजी क्लिनिकमा पठाएर लाखौं रकम असुली रहेको नयाँ खुलासा भएको छ।

सरकारले गरिव तथा विपन्न जनताको सेवा सुलभ तरिकाबाट सस्तोमा उपचार होस् भन्ने उदेश्यले ठूलाठूला प्रविधिक उपकरण जडान गरेको भए पनि डाक्टर अस्मिता उपाध्या जस्तो ब्यक्ति बाट सेवा लिन बन्चित भएको प्रमाण फेला परेको छ।
बीरगंज ११ निवासी चाँदनी देवी धागड गर्भवती चेकजाँच गर्न सासू सोना देवी धागडले गएको महिना २०८२/२/१९ गते नारायणी अस्पतालमा लगेका थिए। डाक्टर दिुवेदीले रगत पिसाब खुन तथा भिडियो एक्सरे गर्न भनी ८ प्रकारका ल्याप टेस्ट गर्नुपर्ने भनेर उल्लेख गरे पछि सासू सोना देवीले सोही नारायणी अस्पतालको ल्यापमा चेकजाँच गरि रु ९१५ खर्च गरि रिपोर्ट पाए तर डाक्टर दिुवेदी आफ्नो निजी क्लिनिक अरुण क्लिनिक एण्ड डायगनोष्टिक इमेजिङ्ग सेन्टर र श्री गणपति डायगनोस्टिक सेन्टर जानू भनेर बताए पछि आफू बाध्य भएर सोही नारायणी अस्पतालमा चेकजाँच गरेको दिसा पिसाब रगत र भिडियो एक्सरे गरि रु ३००० तीन हजार बुझाएको बताएकी छिन् ।
सरकारी अस्पतालमा भिडियो एक्सरे भएर पनि त्यहाँबाट आफू बन्चित भएको गुनासो पिडित सोना देवीले बताएका छन् । एउटै एकै प्रकारका चेकजाँच सरकारी अस्पतालको रिपोर्ट किन उनीहरूले मान्ने गदैन मलाई आचार्य लागेको बताए । उनले भने आफू संग पैसा नभए पछि २ दिन पछि पैसाको जोहो गरेर चेकजाँच गर्न बाध्य भए यो सरकारी अस्पतालमा भएका यस्ता डाक्टरले हामी गरिव विपन्न संग लुटेर जस्तो ब्यवहार गरेकोमा दुःख लागेको बताएकी छिन् ।
यस्ता डाक्टरलाई कडा कारवही हुनुपर्छ भनेर गुनासो पोख्दै म जस्ता यहाँ कति लुटिएको होला यसको बारेमा कसले कलम चलाउने कसले बोली दिने हामी त गरिव उपचार नपाएर यतिकै मर्ने भयौं छानबिन तुरुन्तै होस् भनेर माग पनि गर्छु भनेर बताएकी हुन । उनलेे यो पनि भनिन् कि दैनिक चारवटा यस्ता गर्भवती महिलाहरुलाई आफ्नो निजी क्लिनिकमा पठाउने गरेको आफुले सुनेको बताइन् ।




