बिगत देखि बिबादास्पद रहेको बरिष्ठ हवल्दार साहको असुलिले गन्हायो श्रिपुर वडा प्रहरी कार्यालय

बीरगंज, ३१ जेठ  । बिगत देखि पर्साको बिभिन्न प्रहरी युनिटमा खटिएका बरिष्ठ हवल्दार अर्जुन साह सधैं बिबादास्पद नै रहने गरेका छन्। बरिष्ठ हवल्दार साह हाल बीरगंजको श्रीपुर स्थित वडा प्रहरी कार्यालयमा कार्यरत् रहेका छन।

Advertisement

साहले यसअघि वडा प्रहरी कार्यालय बिर्तामा ‘क्यु आर टी टोली’ मा बसेर असुली धन्दा नै चलाएको भन्दै प्रहरी प्रधान कार्यालय तानिएको सर्वविदितै छ। तर पुन: माथिल्लो पहुँचको आधारमा र माथिल्लो अधिकृतहरुको हालिमुहालीमा प्रहरी प्रधान कार्यालयमा तानिएको केहि महिना नबित्दै वडा प्रहरी कार्यालय श्रीपुरमा बरिष्ठ हवल्दार साह आउन सफल भएका छन्।

माथिल्लो अधिकृतहरु आर्शिवाद पाएका बरिष्ठ हवल्दार साह वडा प्रहरी कार्यालय श्रीपुरको सदा पोशाकको प्रहरीको ड्युटीमा रहेका छन्। साह सदा पोशाकको प्रहरीको काम कर्तब्यलाई थाति राख्दै वडा प्रहरी कार्यालय श्रीपुरलाई कमाई खाने भाँडो नै बनाएको श्रोतको दाबी रहेको छ।

साहले तस्कर समूहसँग मासिक ‘नजराना’ बुझेपछि तस्करी निर्वाधरुपमा फस्टाएको समेत श्रोतको दाबी रहेको छ। साहको सँरक्षणमा अलौं नाका , अमरपटटी नाका लगायतको नाकाबाट ठुलो तस्करीको लाईन दिईएको एक जना प्रहरीले नै जानकारी दिएको छ।

उक्त प्रहरीको अनुसार पर्साको बिभिन्न नाकाबाट तस्कर समूहले साँझ पर्नेबित्तिकै साइकल, मोटरसाइकल र टेम्पोमा लत्ताकपडा, हार्डवेयरका सामान, काजु किसमिस र इलेक्ट्रोनिक सामानहरू भारतीय बजारबाट नेपाल भित्र्याउने गरेका छन्।

यसरी भित्र्याइएका सामानहरू परवानीपुर र जितपुर पुर्याएर ट्रकमा लोड गरी नेपालका प्रमुख शहरहरूमा पुर्याउने गरेको पाइएको छ। परवानीपुर र जितपुर तस्करीको समान पुर्याउन वडा प्रहरी कार्यालय श्रीपुरको क्षेत्रअधिकार भएर जाने गरेकोले साहले आफ्नो असुली कार्य तिब्र पार्दै वडा प्रहरी कार्यालयलाई गन्हाउने कार्य गरेको स्थानीयहरुले नै खुलेर बताएका छन्।

यसरी भइरहेको तस्करीले एकातिर राज्यलाई करोडौं राजस्व गुमाउनु परेको छ भने अर्कोतिर यसले स्थानीय बजार र व्यवसायमा समेत नकारात्मक असर पारेको छ। यस बिषयमा बरिष्ठ हवल्दार अर्जुन साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन्।

प्रहरी स्वयं नै तस्करीको संरक्षणमा लागेको र एकजना बदनाम हवल्दारलाई पुनः सोही जिम्मेवारीमा खटाउनुले प्रहरी संगठनको विश्वसनीयता माथि नै गम्भीर प्रश्न चिह्न खडा गरेको छ। यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र प्रहरी संगठनको गरिमा कायम राख्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box