पर्सा जिल्ला ग्रामीण भेगमा तस्करी लाई बढ्यो

पर्सा, ०१ आसाढ ।पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने प्रसौनीभाठा नाकाबाट हुँदै आएको तस्करीको लाइन बन्द हुनुको सट्टा झन तस्करहरूको संख्यामा बढोतरी भएको स्थानीयहरूले दुखेसो पोखेका छन । स्थानीयहरूले जानकारी दिए अनुसार नूनदेखी सुनसम्मको तस्करी प्रसौनी नाकाबाट हुने गरेको बताए ।

Advertisement

केही दिन अगाडी प्रसौनीभाठा नाकाको बिषयमा समाचार प्रकाशित हुनसाथ दुई दिन बन्द रहेको तस्करीको लाइन पुन: सुचारू गरिएको स्थानीयले पीडा पोखे । दिनभरी सुनशान देखिने प्रसौनी र अमरपट्टि नाका रातिको समयमा तस्करहरूको लस्करै लाग्ने गरेको, स्थानीय बताउछन । स्थानीय प्रहरी प्रशासन माथिल्लो निकायसम्मको जिम्मा लिए पश्चात् तस्करी कार्य फस्टाएको बताइन्छ । विभिन्न मिडिया लगायत यस दैनिक पत्रीकाले समाचार प्रकाशित गर्नसाथ बन्द रहेको तस्करीको लाइन जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखा अर्थात अपराध अनुसन्धान शाखाका कर्मचारीहरूको सहयोग र संरक्षणमा पुन: तस्करीको लाइन सुचारू भएको बताइएको हो ।

 

प्रसौनीभाठा र अमरपट्टि नाकाबाट दिनहु करोडौ बराबरको कपडा अबैध रूपले भन्सार छली गरि नेपाल भित्रयाउने गरेको रहस्य बाहिरिएको छ । राजकुमार नामक कपडा तस्कर लगायत ६ जनाको समुहमा कपडा तस्करी हुने गरेको प्रहरी श्रोत नै बताउछन । उनका अनुसार प्रसौनीभाठा र अमरपट्टि नाकाबाट भित्रिने करोडौको कपडा सहजै प्रहरी प्रशासनको सहयोग र संरक्षणमा बारा जिल्लाको जितपुरसम्म पुर्याउने कार्य हुँदै आएको छ । उक्त नाकाबाट कपडा, चल्ला, ब्रान, कवाड लगायत हड्डिको समेत निर्वाध तरिकाले कार्य हुने गरेको स्थानीय बताउछन ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सीमा नाका लगायत शान्ति सुरक्षामा कडाइ गर्न निर्देशन दिएपनी उहाकै अपराध अनुसन्धान शाखाका कर्मचारीहरूको मिलोमतोमा तस्करी हुने गरेको पाइन्छ । तसर्थ : यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box