बिरगंजमा पहिलो पटक संचालनमा आयो हिलीङ टच स्पा एण्ड रीट्रीट , मेयर सिंहले गरे उदघाटन

बिरगंज २६ फागुन । वीरगञ्जको आदेशनगर लोहार पटिमा शुक्रबारदेखि सञ्चालनमा आएको हिलीङ टच स्पा एण्ड रीट्रीटको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

Advertisement

यहाँको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौं तल्लमा सञ्चालनमा आएको स्पा एण्ड रीट्रीटको एक कार्यक्रम बीच प्रमुख सिंहले रिबन काटेर उदघाटन गरेका हुन् ।

त्यस्तै महानगरप्रमुख सिंहले वीरगञ्जलाई आधुनिक शहर बनाउने आफ्नो प्रयासलाई यस्ता नौलो उद्यम र व्यवसायले ठूलो सहयोग पुर्‍याइरहेको बताए । उनले यहाँ खुलेका यस्ता नयाँ व्यवसायलाई महानगरले सधै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सिंहले स्पा चिकित्सकीय हिसाबले पनि महत्वपूर्ण रहेको बताउँदै अनुहारको मात्र हेरचाह नगरेर सबैले शरिरको पनि केयर गर्न सुझाव दिए । उनले मसाज, स्पा, ध्यानले मानिसलाई तनाबमुक्त बनाउन सहयोग गर्ने बताए ।

यूनिसेक्स सलुनको समेत सुविधा रहेको स्पामा कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, सौना, बडी, स्क्रब, डिप सेन्स मसाज, फुट बाथ, ज्याकुजी, मसाज, स्टिम वाथ, फुट मसाज, फिस फुट मसाजलगायतका सेवा रहेको सञ्चालक रोशन गुप्ताले जानकारी दिए ।

सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त र सकारात्मक भाव जगाउने वातावरण स्पामा रहेको गुप्ताको भनाई छ । उनले मधेश प्रदेशमै पहिलो पटक पारिवारिकका सदस्यहरुसँग समेत आउन मिल्ने स्पा आफूहरुले सञ्चालन गरेको दावी समेत गरे । स्पामा प्रत्यक्ष रुपमा १० जनाले रोजगारीसमेत पाएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box