होली पर्ब सभ्य र भव्य तरिकाले मनाउन दुबेको आग्रह


बारा, १३ फागुन / होली पर्बमा समाजिक सदभाव कायम राख्दै सभ्य रुपमा मनाउन संवाद कार्यक्रम सम्पन्न भएको छ । समाजिक परिवर्तन केन्द्रले आयोजना गरेको संवाद कार्यक्रम बाराको फेटा गाउपालिका वडा नम्बर ७ मा सम्पन्न भएको हो ।

Advertisement


संवाद कार्यक्रममा स्थानीय युवा सदाम अंसारीले लागु औषध सेवनकर्ताहरुको संख्या दिनप्रति दिन बढ्दै गएको दुखेसो पोख्नु भयो । उहाले लागु औषध सेवनकर्ताहरुको कारण पनि समाजमा प्रतिकुल असर परिरहेको बताए । स्थानीय निकाय लगायत लागु औषध सेवनकर्ताहरुको अभिभावक यस सन्दर्भमा चनाखो तथा नियन्त्रण गर्नेतर्फ अग्रसर हुन अवाश्यक रहेको, उनले बताए ।


कार्यक्रममा फेटा गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पप्पु सिंहले अश्लील गितको बिषयमा बुधवार स्थानीय स्तरमै बैठक गरी निर्णय गरिने बताउनु भयो । उहाले अश्लीलताका कारण समाजमा बढ्दै गएको कुरुतिलाई अन्तय गरिने आश्वासन दिनुभयो । वडा नम्बर ७ का स्थानीयहरुको बैठक गरी निर्णयक निर्णय लिने बताए ।
बाराको फेटा गाउपालिका वडा नम्बर ७ गम्हरीया टोलमा आयोजित संवाद कार्यक्रममा स्थानीय युवा तथा पत्रकार उमेश दुबेले यसपालिको होली पर्ब एतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो । उहाले यसपालिको होली पर्बमा हिन्दु र मुस्लीम समुदाय एकसाथ भएर सभ्य र भव्य तरिकाले होली पर्ब मनाउने तयारी गरिएको बताउनु भयो । समाजमा बढ्दै गएको बिकृतिको मुख्य कारण अश्लील गित, रक्सी, र लागु औषध सेवनकर्ताले हुने गरेको, उनले बताए ।
होली पर्बमा सम्प्रदायीक द्वन्द गराउन खोज्ने केही युवाहरु समेत सकृय रहेको बताउदै त्यस्ता युवाहरु संग सावधान रहन दुबेले आग्रह गरे । होली पर्बमा राम्रा राम्रा परिकारको भोजन गरी रंगले खेल्ने दिन भनेको होली रहेको कारण यसपालिको होली पर्ब सभ्य र भब्य तरिकाले मनाउन स्थानीयहरुमा, उनले आग्रह गरे ।
कार्यक्रममा संवाद सहजकर्ता राजेश कुश्वाहाले संचालन गरेका थिए भने कार्यक्रम सहजिकरण बिक्की महतोले गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष पप्पु सिंह, पूर्व वडा अध्यक्ष महम्द हुसेन, बृजकिसोर साह, ताहिर मिया अंसारी, सदाम अंसारी, सुरेन्द्र प्रसाद साह, भिमसेन पाश्वान, बिरंचिलाल साह, बिधयालाल साह, सरीम अंसारी, बिरेन्द्र साह लगायत ३६ जनाको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box