सिलबन्दी नभएको दुइ वटा कन्टेनर ट्रक र तस्करीको सामान सहित प्रहरीको नियन्त्रणमा

बिरगंज २६ माघ । बिरगंजकबाट प्रहरीले सिलबन्दी नभएको दुइ वटा कन्टेनर ट्रक र तस्करीको सामान सहित नियन्त्रणमा लिएको छ ।

बिरंगज महानगरपालिका वडा नं.२५ चण्डाल चोक स्थित ICP बाट काठमाण्डौ तर्फ प्रहरी चौकी सिर्सियबाट खटिएको प्रहरी टोलीले ड्राइपोर्ट चोकबाट ना.६ ख. ४००६ र ना.६ ख. ४६०८ नम्बरको मालवााहक ट्रक नियन्त्रणमा लिएको हो ।

ती दुवै कन्टेनरबाट ३६ लाख ८८ हजार ९१ रुपैया मुल्य बाराबरको कपडा बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

को शंकास्पद अवस्थामा भेटिएका कपडा सहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको लागी बिहीबार राजश्व अनुसन्धान कार्यलाय पथलैया बारामा बुझाईएको जानकारी उनले दिए ।

Facebook Comments Box

समन्धित समाचार