सशस्त्र प्रहरी उपरीक्षक र वीउवासंघ वीच भेटघाट तथा छलफल

वीरगंज २२ माघ ।
नव आगन्तुक सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बोर्डरलाई डिजिटलाइज पोलिसिङ्गको व्यवस्था, औद्यौगिक सुरक्षा बलको स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ । वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै विगतमा भएका गरेका राम्रो कार्यहरुमा अझ वृद्धि गर्ने, औद्योगिक सुरक्षा र अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरी क्रियाशील रहने र सीमा सुरक्षामा हुने अपराध तथा राजस्व लगायतका अपराधहरुको चुनौतीलाई अवसरको रुपमा लिई आपूm अघि बढ्ने बताउनु भयो ।

Advertisement


सशस्त्र प्रहरी उपरीक्षक थपलियाले पर्साका सीमा सुरक्षा तथा औद्योगिक सुरक्षा बिषयमा आफु गम्भीर रहेको भन्दै वीरगंज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्नका लागि चुनौतीहरु पनि यस क्षेत्रमा रहेको भन्दै औद्योगिक शान्ति सुरक्षाको लागि आपूmले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।


वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगंज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, आन्दोलनमा फुटाइएका सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा आफुहरुको निरन्तर सहयोग रहने बताउनुभयो । अध्यक्ष गुप्ताले आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले खुल्ला तस्करी तथा आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नु भयो । वीरगंज उद्योग वाणिज्य संघले आर्थिक विकासको कुरा मात्र गर्दैन, सामाजिक, सांस्कृति, शैक्षिक, स्वास्थ्य क्षेत्रको उन्नयन र विस्तारमा समेत आफ्नो संस्थागत ऊर्जा खर्चिदै आएको छ ।
कार्यक्रममा सहभागी वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद गौतम, माधवराज पाल, कार्यसमिति सदस्य आशिष लाठ, शिवजी प्रसाद कलवार, निरज अग्रवालले वीरगंज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी कुराहरुमा आ–आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box