होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंज द्धारा पर्साका प्रमुख जिल्ला अधिकारी ढकालको बिदाइ

पर्सा ।होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सम्मन सहित बिदाइ गरेको छ ।

संघले पर्साको १६ महिने कार्यकाल पूरा गरि गृह मन्त्रालय सरुवा भइ जान लाग्नुभएका ढकाललाइ होटल पुजनमा एक समारोहका बिच बिदाइ गरेको हो । सन्चार्कर्मी निरज पिठाकोटेले सहजीकरण गरेका उक्त कार्यक्रम होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।

विभिन्न होटल , रेस्टुरेन्ट तथा पर्यटन ब्यबसायी र मिडियाकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा मन्त्यब्ब राख्ने अधिकान्स बक्ताहरुले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको १६ महिने कार्यकालको खुलेरै प्रसंशा गरेका थिए ।

बिदाईको कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संघका अध्यक्ष हरि पन्तले प्र जि अ उमेश ढकालको १६ महिने कार्यकाल होटल तथा पर्यटन ब्यबसायको लागि अत्यन्तै सहज भएको बताए । उनले भने ” उहाँको कार्यकालमा हामि ब्यबसायीहरुले ब्यापारिक सहजता र ब्यापरिक सुरक्षाको पुर्ण अनुभुती गर्न पायौ” ।

पन्तले उहाँको अगामी कार्यकालको लागि शुभकामना पनि दिनुभएको थियो । त्यसै गरि बिरगंज उद्योग बाणिज्य संघका पर्यटन सम्योजक एबम लोर्ड्स दियालोका संचालक अनुज रुङटाले प्र जि अ ढकालको ब्यापर मैत्री नीति र सबै संग घुलमिल हुनसक्ने बानी ब्यहोराको कारणले पनि उहाँको कार्यकाल निर्बिबाद भइ सफल भएको बनाउनु भयो । संघका बरिस्ठ उपाध्यक्ष रचिन्द्र थापा , महासचिब माधब बस्नेत , केन्द्रिय सदस्य हरु हिरा श्रेष्ठ , सन्दिप बस्न्यात , शेखर चौधरी लगाएतको सहभागी रहेको कार्यक्रममा पत्रकार महासङ पर्साका उपाधक्ष्र युब राज खतिवडा र होटल ब्यबसायी महासङ्का केन्द्रीय सदस्य सुरेन्द्र लाल श्रेष्ठलगाएतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box

समन्धित समाचार