नारायणी अस्पतालमा १४ दिनमा ३ जना हटाटेयाक शंकास्पद २ जना : डा उदय नारायण सिंह

नारायणी अस्पतालका आकाशमीक विभागका प्रमुख एवम् सुचना अधिकारी डाक्टर उदय नारायण सिंह

बिरगंज ५ माघ । तराई जिल्लामा लगातार चिसो बढेकाले अहिले नारायणी अस्पतालमा १४ दिन भित्र ३ जना हट्टयाकका विमारी र २ जना अज्ञात अर्थात शंकास्पद हट्टायाकका विमारीहरुको उपचार गर्न आएको नारायणी अस्पतालका आकाशमीक विभागका प्रमुख एवम् सुचना अधिकारी डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको छ।

Advertisement

तीन जना उपचार गर्ने क्रममा १ एक जनाको मृत्यु भएको छ भने बाकी २ दुई जना निको भएर घर फर्किसकेकाे डाक्टर सिंहले बताए ।शंकास्पद हट्टायाक भएका दुई जना कोही बाटोमा न‌ै मृत्यु भइसकेको अस्पतालमा ल्याउने गरेको बताएका छन् ।जाडोयाममा न्यानो कपडा तातो खानेकुरा खान सुझाव दिनु हुन्छ ।

जाडो समयमा मुटु विमारी,दमका विमारी,दिर्घारोगीहरु बिहान बेलुकी घर बाहिर ननिसक्न डाक्टर सिंहले सुझाव दिनुहुँदै,यदि कसैले अौषधि सेवन गरिरहेका छन् भने नियमित रुपमा अौषधि खानुपर्ने बताउनु भएको छ।

उहाँले भने अरु बेला भन्दा जाडोयाममा रक्तनलीहरु खुम्चिने अर्थात भ्याकुममा समस्या हुने भएकोले राम्रो संगले रगत संचालन नहुदा श्वासप्रश्वासमा असर पर्ने बताए । कहिले काहीं छाती दुख्ने छातीमा पसिना आउने र श्वासप्रश्वासमा समस्या भएको बेला तुरुन्त डाक्टर संग सुझाव सल्लाह वा परामर्श गर्नु अति उतम उपाय हो भनेर नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताउनुभएको छ।

जाडोको समयमा धेरै ध्यान दिन जरुरी रहेको बताए ।चिसोबाट जोगिन न्यानो कपडा तथा तातोपानी नियमित खान डाक्टर सिंहले सुझाव दिनुभएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box