चिसोको कारणले बिरगंज मा एक जनाको मृत्यु

बिरगंज २१ पुस । मध्य तराईमा हवा संगै चिसो बढे पछि बिरगंजमा आज चिसोको कारणले एक जनाको मृत्यु भएको छ ।

Advertisement

बिहीबार बिहान बिरगंजमको आदर्शनगर चौक बाट घडिअर्वा पोखरी तर्फ जादै गर्दा सडक खण्डमा हिड्दै गरेका बिरगंज महानगरपालिका वडा नम्बर एक निवासी जितेन्द्र लाल कर्ण अचानक सडकमा ढलेको देखेपछि प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले आफु सवार गाडीबाट अचेत कर्णलाई प्रहरी टोलीको सहयोगमा उपचारको लागि नारायणी अस्पतालमा लगेका थिए।

अस्पताल पुगे लगतै चिकित्सकको टोलीले चेकजाँच गरेपछि कर्णलाई मृत घोषणा गर्यो। मृतकको पोस्टमार्टम गरी आफन्त जनलाई बुझाउने तयारी भइरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box