Post Views: 95
बिरगंज १४ पुष । पर्साको क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको स्वकिय सचिवमा नेकपा एमालेका युवा नेता महमद निजामुदिन नियुक्त भएका छन् ।
नेकपा एमालेबाट निर्वाचित सांसद गुप्ताले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ बमोजिम निजामुदिनलाई स्वकिय सचिवमा नियुक्त गरेका हुन् ।
यही पुष ८ गतेदेखि स्वकिय सचिवमा नियुक्त भएका निजामुदिनलाई नियमानुसार काम गर्न आग्रह गर्दै सांसद गुप्ताले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
निजामुदिन राष्ट्रिय युवा संघ नेपालका पर्सा जिल्ला अध्यक्षका साथै राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी सदस्यसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0