बिरगंज १४ पुष । गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नियम विपरीत खटिएका २२१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।
मंगलबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै गरेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।सोहि सोही निर्देशन नियम विपरीत खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएका हुन ।
निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार फिर्ता हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्नेछ ।
सशस्त्र प्रहरी बलबाट ११८ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पुरुषोत्तम थापाले जनाए । उनका अनुसार कार्यविधि भन्दा बाहिर रहेर खटिएका सुरक्षाकर्मी अरु भेटिएमा उनीहरु फिर्ता फिर्ता हुनेछन् ।
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा नियम विपरीत भए फिर्ता गर्न निर्देशन दिनुका साथै सुरक्षा निकायका सबै इकालाई परिपत्र गरेको थियो । यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने उनले बताए ।
मन्त्रालयले बुधबार (हिजो) दिएको निर्देशन अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता भएका हुन् । मन्त्रालयले विज्ञप्तिमार्फत बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न निर्देशन दिएको थियो ।
त्यसैअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरीत खटिएका प्रहरीलाई फिर्ता भएको गृह मन्त्रालयका सहसचिव डा.भिष्मकुमार भुसालले नेपाल प्रेससँग बताए ।