Post Views: 86
बिरगंज १४ पुष । प्रभू शाहले नयाँ पार्टी गठन गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्ररूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा `आम जनता पार्टी’ घोषणा गरेका हुन् ।
बिहीबार काठमाडौंमा बसेको बैठकले अन्तरिम विधान पास गर्नुका साथै साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति पनि गठन गरेको छ । नयाँ पार्टी घोषणा गरिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
नेकपा खारेजपछि एमालेमै बसेका साह ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उठेका थिए । उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
उनले अग्रगामी शक्तिसँग सहकार्य र एकताका लागि तीन सदस्यीय वार्ता समिति समेत बनाएका छन् । प्रभू शाहले नयाँ पार्टी माओवादीसँग एकता गर्ने तयारी गरेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0