सुकुमबासी बस्ती हटाउन मेयर बालेनले गृहमन्त्री लामिछानेसँग मागे सहयोग

बिरगंज १४ पुस । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन काठमाण्डौँका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागेका छन् ।

महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ ।

‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’ पत्रमा भनिएको छ ।

‘थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’ गृहलाई लेखेको पत्रमा भनिएको छ ।

सुकुम्वासीले विकल्प विना उठिवास लगाउन नपाउने भन्दै बिरोध गरेका कारण बस्ती खाली गरासन महानगर असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.