बालक पासवानको अपहरण गरि हत्या गर्ने २ जना पक्राउ

बिरगंज १३ पुष । पर्सा प्रहरीले बालक पासवानको अपहरण गरि हत्या गरेकालाइ ३५ दिनपछि ३ जना मध्य २ जनालाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । वीरगञ्ज-१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका-१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीप कुमार पटेललाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको पुरानो भवनमा रहेको सेफ्टी ट्याङ्कीमा स्थानीय १४ वर्षीय नीरजकुमार पासवानको शव भेटिएको थियो ।

उनी सोही स्कुलमा कक्षा ८ कक्षामा पढ्दै थिए। प्रहरीले गणित शिक्षकसमेत रहेका उक्त स्कुलका भाइस प्रिन्सिपल दिलीपकुमार पटेलसहित दुई जनालाई पक्राउ गरेको छ।

मंसिर ५ गतेदेखि नीरज सम्पर्कविहीन थिए। घटनाको भोलिपल्ट आफन्तले प्रहरीमा निवेदन दिएका थिए। त्यसको १२ दिनपछि आफन्तलाई ५० लाख रुपैयाँ फिरौती मागिएको अनुसन्धानमा खुलेको छ। तर प्रहरीले त्यसबारे मंसिर २५ गते मात्र जानकारी पाएको जनाएको छ। प्रहरीले पुस १० गते पटेल बस्दै आएको भवनको अगाडि पट्टी रहेको सेफ्टी ट्याङ्कीबाट बालकको शव फेला पारेको हो।

बालकको हत्यामा उनी पढ्दै आएको विद्यालयका भाइस प्रिन्सिपल मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box