जसपा पार्टिको संसदीय दलका नेतामा रामसहाय यादव निर्विरोध चयन

बिरगंज १३ पुस । जनता समाजवादी पार्टी नेपाल ( जसपा ) को संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन भएका छन् ।

Advertisement

यादव पार्टी अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्रा मानिन्छन् । संसदीय दलको नेतामा अशोक राईले दाबी गर्दै आए पनि यादव निर्विरोध दलको नेतामा चयन भएका हुन्।

अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई निर्विरोध नेतामा चयनका लागि प्रस्ताव गरेका थिए। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

यस्तै जसपाको सरकारमा सहभागिताका विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८-१९ मा बस्ने भएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box