डीएसपी ठगबहादुर केसी सुन र नगदसहित पक्राउ

बिरगंज ११ पुष । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी सुन र नगदसहित पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको टोलीले आइतबार साँझ निवासबाटै डीएसपी ठगबहादुर नियन्त्रणमा लिएको हो ।

Advertisement

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न काठमाडौंबाट गएको टोलीले आइतबार साँझ डिएसपी केसीलाई निवासबाटै पक्राउ गरेको छ ।

डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो ।

मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो ।

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा रहेको अवस्थामा उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले रकम असुलीबारेको अनुसन्धानमा सीबीआई टोलीले सुरक्षा निगरानीमा राखेको बताए । ‘केही अनुसन्धान गर्नुपर्ने विषय भएकाले सुरक्षा निगरानीमा राखिएको हो । दिउँसो सीबीआई टोलीसँग भेटेपछि थप कुरा प्रष्ट हुनेछ,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box