Post Views: 89
बिरगंज १० पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख बनेका छन् । उनी एमाले सहित सात दलको समर्थनमा आज प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
उनको पक्षमा सात दल सहित स्वतन्त्र सांसदहरु समेत उभिएका छन् ।
उनले आगामी साढे दुई वर्ष मुलुकको नेतृत्व सम्हाल्ने छन् । भोली चार बजे शितल निवासमा प्रचण्डले शपथ ग्रहण गर्नेछन् । त्यसपछि उनले ओलीका लागि पद छाड्नु पर्नेछ ।
यस अघि शुरुमा ६५ सालमा पहिलो पटक ९ महिना र दोस्रो कार्यकालमा पनि उनी ९ महिनाका लागि प्रधानमन्त्री बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0