बिरगंज ९ पुस । धनुषाको मुखियापट्टी मुसहरनियामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ मा अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ४० वर्षीय धनुक दासकाे मृत्युु भएकाे हाे ।
शनिबार साझ गाेली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकाेमा उपचारका क्रममा त्यहि उनकाे मृत्यु भएकाे हाे । आफनै घरकाे ग्यारेजमा बसिरहेका दासलाई भारतीय नम्बर प्लेटकाे पल्सर माेटरसाइकलमा सवार भइ आएका दुई जनाकाे समुहले गाेली हानेर भारतीय सिमा तर्फ फरार भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यसअघि शुक्रबार साँझ बाराकाे बरियारपुरमा पनि अज्ञात समुहले गाेली हानेर एक भारतीय नागरिकको हत्या गरेकोे थियाे ।