पर्सा ९ पुस । सशस्त्र प्रहरी बाराले बाराबाट युरेनियम सहिन तीन जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएका टोलिले बाराको जितपुर एक होटलबाट २ किलो युरेनियम सहित ३ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
शनिबार अपरान्हमा एक होटलबाट गणको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बरामद युरेनियम परिक्षण गरेपछि ठहर भएको हो । सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सुचनाको आधारमा गणको बारा मातहत सुरक्षा वेश जितपुरबाट खटिएको टोलीले उक्ता युरेनियम बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई बाराको जितपुर स्थित आदित्य होटलको कोठा नम्बर ४ बाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुम बाराकै रबि चौधरी, सागर चौधरी र रौतहटका बृज सहनी रहेका छन् ।
सशस्त्रले बरामद गरेको युरेनियमसहित पक्राउ परेका ब्यक्ति लाई नेपाल प्रहरी बाराको जिम्मा लगाएको छ । सोह घटना बारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक होबेन्दर बोकटीले जनकारी दिएका छ्न ।