शिकार गर्न गएका ५ जना हतियार सहित पर्सा राष्ट्रिय निकुञ्जमा पक्राउ

बिरगंज ५ पुष । पर्सा राष्ट्रिय निकुञ्जले शिकार गर्न गएका ५ जनालाई पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तु चोरी सिकारी गरिरहेको अवस्थामा ५ जना सिकारीसहित बन्दोबस्तीका सामान नियन्त्रण लिएको छ ।

Advertisement

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया स्थितको वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई नियन्त्रणमा लिइएको पर्सा राष्ट्रिय निकुञ्ज अधाभारका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिए ।

निकुञ्जको पर्सा क्षेत्रको गरुणा लाइन नजिकैबाट ५ जना वन्यजन्तु चोरी सिकारी, २ लाख ९० हजार ६ सय ७० नगद रकम ल्याण्डक्रुजर र बरेलो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिंङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउन्ड १ वटा, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाइट भिजन क्यामरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कर्पाटमेन्ट, टर्च लाईट, मावाईल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रहरु नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

वन्यजन्तु चोरी शिकारीको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा न.१ का ४६ वर्षीय विशाल सहनी, ३७ वर्षीय कापसदास थारु, ४४ वर्षीय नवराज बस्नेत, खिटावल गाविस ८ टावलका ५२ वर्षीय मालदोङ तमाङ पक्राउ परेका छन् ।

निकुञ्जका रेञ्जर विष्णु पौडेलको नेतृत्वमा सेना सहितको टोलीले सोमबार राती प्राप्त सूचनाका आधारमा करिब ४ घन्टाको मेहनतपछि बस्दोबस्तीको सामानसहित चोरी सिकारीलाई नियन्त्रणमा लिन सफल भएको हो । चोरी शिकारीमा ल्याडक्रुजर, बरेलो गाडी, नाईट भिजन क्यामरादेखि मदिरा, आईफोन सम्म बरामत हुदाँ यो घटनामा सामान्य व्यक्तिको नभइ ठुलो माफियाको संग्लनता हुनसक्ने निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जनाएका छन् ।

पर्सा राष्ट्रिय निुकञ्जभित्र वन्यजन्तुसहित यति ठूलो परिणाममा बस्दोबस्तीको सामान चोरी सिकारी नियन्त्रणमा लिएको सम्भवतः यो दोस्रो घटना भएको निकुञ्जले जनाएको छ । यसअघि मकवानपुर क्षेत्रमा वन्यजन्तु शिकारीसाग निकुञ्ज सेनाको दोहोरो फाईरिङसमेत भएको थियो । रेञ्जर बिष्णु पौडेलले सोमबार राती भएको घटनामा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई टेकेर अनुसन्धान तथा कारबाही अगाडि बढाइने जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box