पर्सा ४ पुस । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक ( एसपी ) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सोही अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको सरुवा भएको छ । बस्नेतको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको हो ।
पर्सा जिल्लामा १ वर्ष १ महिनाको कार्यकाल पूरा गरेका बस्नेतको नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । बस्नेतसागै प्रहरी प्रधान कार्यालयले २३ जना प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
पर्सामा प्रमुख प्रहरी उपरीक्षकको रुपमा कोमल शाह आउने भएका छन् । शाह नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाण्डौबाट पर्सामा सरुवा भएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारामा सन्तोष कुमार भट्टराई आउने भएका छन् । हाल त्याहाँ कार्यरत नान्तीराज गुरुङ्को सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा भएको प्रधान कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् ।
त्यस्तै सन्तोष सिंह् राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् । सुचि सहित