एक दिनेअभिमुखिकरण कार्यक्रम सम्पन्न

वीरगञ्ज । पर्सामा श्रम शोषण संग सम्बन्धीत स्थानगमन तथा मानव बेचबिखनका मुद्दाहरु सम्बोधनका लागी बाल श्रम र लैङ्गिक हिंसा अन्त्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
यूनिसेफ नेपालको सहयोग र संरक्षण नेपालको आयोजनामा आज वीरगञ्ज महानगरको सभाहलमा श्रम शोषण संग सम्बन्धीत स्थानगमन तथा मानव बेचबिखनका मुद्दाहरु सम्बोधनका लागी बाल श्रम र लैङ्गिक हिंसा अन्त्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
वीरगञ्ज महानगरपालिका का उप–मेयर ईम्तयाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संरक्षण नेपालले स्थलगत अनुगमनको अभ्यास सहित श्रम शोषण, मानव बेचबिखन, बाल श्रम, र लैङ्गिक हिंसा अन्त्य गर्न यसक्षेत्रमा कार्यरत सरोकारवाल पक्षहरु संग छलफल गरेको थियो ।
खुल्ला बोडरका कारण मानव बेचबिखन सहज भएको कार्यक्रममा उपश्थित ईनरवा प्रहरी चौकी प्रहरी नायब निरीक्षक सुनिल कुमार शर्माले बताए उनले भने सिमाक्षेत्रमा लागुऔषध तथा मानव बेचबिखन नियन्त्रणका लागी दैनिक रुपमा काम गरेको बताए ।
सोही कार्यक्रममा सहभागीहरु माईती नेपाल, आफ्न्त नेपाल, जिल्ला प्रहरी मतहत रहेका महिला बालबालिका तथा जेष्ठनागरीक सेवा केन्द्र पर्सा लगायतका संस्थाका प्रतिनिधीहरुले श्रम शोषण, मानव बेचबिखन, बाल श्रम, र लैङ्गिक हिंसा अन्त्यका लागी शिक्षा र रोजगारी सृजना गर्नु पर्नेमा जोड दिएका थिए ।
स्थानिय सरकार नागरीकको सबैभन्दा नजिकको सरकार भएको कारण यसको रोथाम तथा नियन्त्रणका लागी आफैबाट कामसुरु गर्नु पर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा वीरगञ्ज महानगर ले महिला तथा बालबालिका क्षेत्रमा बजेट विनियोजन लगायत जनचेता मुलककार्यक्रम मा न्यूनबजेट छुुटयाईएको कर्मचारी सम्बोधनको क्रममा जानकारी दिए पश्चात निकै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.