महानगरले विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउदै

बीरगंज ३ पुस ।
वीरगञ्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कार्य अन्तरगत आज वीरगंज महानगरपालिका वडा नम्बर १५ मा पर्ने इनरवाईपासको ४० फिटे बाटोको अतिक्रमण हटाउने कार्य सम्पन्न गरेको छ ।

Advertisement

इनरबाईपासको ४० फिटे सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो । महानगरले दुई दिन लगाएर ४० फिटे बाटोको अतिक्रमण हटाएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली समितिका संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतान, बीरगंज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सरफुद्दिन मिया सहितको टिम, नगर प्रहरी इन्चार्ज हरि भुषालको कमाण्डमा खटिएको टिम तथा बस पार्क प्रहरी चौकीका प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box