बिरगंज २९ मंसिर । बारामा एक युवकको शव फेला परेको छ । बिरगंज १६ नगवासंग बारा र पर्सा जोडिएको बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा परालको भुसले छोपिएको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० का २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरिक्षक तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भुसले छोपेर राखिएको अवस्थामा बुधबार बेलुकी भेटिएको जानकारी दिए । गाइवस्तुलाई खुवाउन पराल काटेर बनाइएको भुसको थुप्रोबाट शवको खुट्टा बाहिर देखापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी उपरिक्षक बोगटीले शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको तर मृत्युको कारण भने खुली नसकेको बताए ।बिहीबार शवको पोष्टमार्टम गरि साँझ परिवारको जिम्मा लगाइएको भन्दै बोगटीले भने ,‘ पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्नेछ ।
प्रारम्भिक अनुसन्धनका क्रममा उक्त घटनामा संलग्न रहेको आशंकामा दुइ जना युवकलाई नियन्त्रणमा लिएर पुछताछ गरिरहेको जानकारी पनि बोगटीले दिए ।