पर्सा प्रहरीले रानीघाटमा रहेका चामलको गोदम छापा

नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त टोली

बिरगंज २९ मंसिर । पर्सा प्रहरीले रानिघाटमा रहेका चामलको गोदाममा छापा मारेको छ । बिरगंज महानगरपालिका वाड न ११ रानीघाटमा रहेका चार वटा गोदममा प्रहरीले बिहीबार साँझ छापा मारेर अवैध रुपमा भण्डारण गरि राखिएका चामल, चिनी , जिरा , भूजा लगायतका खाद्यान्न ठूलो परिमाणमा बरामद गरेको हो ।

Advertisement

बिरगंज भन्सारबाट राजश्व छलेर भित्र्याइएको र विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अहिले पनि गोदममा छापामारी जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताका साथै सशस्त्र प्रहरीको संयुक्त टोलीले गोदाममा छापा मारेर भण्डारण गरि राखिएका तस्करीका खाद्यान्नहरु नियन्त्रणमा लिने काम अहिले पनि जारी राखेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

गोदममा रहेका सबै सामानहरु नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेर राखिने र त्यस पछि आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइने उनले बताए । गोदामका सन्चालकहरु भने फरार भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box