बिरगंज २७ मंसिर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आइजिपी ) धिरज प्रताप सिंह र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक राजु अर्याल मङगलबार वीरगन्ज आएका बेला यहाका उद्योगी व्यवसायीले भेटेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरुले संघकै बैठक कक्षमा भेटेर यहाको नीजी क्षेत्रका समस्या बारे छलफल पनि गरेका छन् ।
छलफलमा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले पर्सा बारा क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउन, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा गर्न , औद्योगिक सुरक्षा बलको पुनस्र्थापना गर्न लगायतका आग्रह गरे ।जवाफमा आइजिपीद्वय सिंह र अर्यालले उद्योगी व्यवसायीले उठाएका विषयहरुलाई आपूmहरुले गम्भीरतापूर्वक लिएको बताए । उनिहरुले वीरगन्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन दुवै प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए ।
छलफलमा संघका पूर्व अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, कार्यसमिति सदस्य पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिए ।छलफलमा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्ति राज गुरुङ्ग लगायतको पनि सहभागीता थियो ।
स्वागत मन्तव्यका क्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरुको उपस्थितिमा हुन गइरहेको आजको यस छलफल तथा भेटघाट कार्यक्रमले वीरगञ्ज लगायत पर्सा बाराको बहुआयामिक महत्व र उपादेयतालाई एक पटक पुन ।
वहाँले वीरगञ्ज पर्सा बारा क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने, औद्योगिक सुरक्षा बलको पुनस्र्थापना हुनुपर्ने, वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्य सम्पादनमा समन्वय हुनुपर्ने लगायतका विषयहरु राख्नुभएको थियो ।
प्रहरी महानिरीक्षकद्वयले वीउवासङ्घद्वारा उठाइएका विषयवस्तुहरुलाई आपूmहरुले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँहरुले वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन दुवै प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउँदै व्यवहारिक कठिनाईहरुलाई निरुपण गर्न आआना मातहतका अधिकृतहरुलाई निर्देशन दिई सकेको बताउनुभयो ।
कार्यक्रममा वीउवासङ्घका पूर्व अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, कार्यसमिति सदस्य हरि पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्ति राज गुरुङ्ग, प्रहरी अधिकृतहरु, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायत उद्योगी, व्यवसायीहरुको वृहत उपस्थिति रहेको सो कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै सङ्घका उपाध्यक्ष हरि गौतमले औद्योगिक सुरक्षा बलको पुनस्थापना अपरिहार्य रहेको विषय माथि पुनः जोड दिनुभएको थियो ।