बिरगंज महानगरले स्व. पत्रकार सर्राफको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग र अक्षयकाेषका लागि १० लाख

नगर प्रमुख राजेश मान सिंह

दिपक चौरसिया
बिरगंज २५ मंसिर । बिरगंजका युवा पत्रकार स्व. नरेश सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो बिरगंज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले स्व : नरेश सर्राफको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे ।

सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।

यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।
यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.