बिरगंज महानगरले स्व. पत्रकार सर्राफको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग र अक्षयकाेषका लागि १० लाख

नगर प्रमुख राजेश मान सिंह

दिपक चौरसिया
बिरगंज २५ मंसिर । बिरगंजका युवा पत्रकार स्व. नरेश सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो बिरगंज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले स्व : नरेश सर्राफको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे ।

Advertisement

सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।

यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।
यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box