बारामा मोटरसाइकलले डिभाइडरमा ठोक्किदा एक जनाको मुत्यु

बिरगंज २४ मंसिर । बारामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार कलैयाबाट लग्डाचौक जाँदै गरेको ना २४ प ५३२५ नम्बरको मोटरसाइकल आफै अयिन्त्रित भएर पुलको सानो डिभाइडरमा ठोक्किदा दुर्घटना भएको हो ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय रतन दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएकोमा त्यही मृत्यु भएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । 

Facebook Comments Box

समन्धित समाचार