पर्सा २३ मंसिर । गत मङ्सिर ८ गते लोकसेवा आयोगले २०७८ सालमा नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक पदमा लिएको परीक्षाको नतीजा प्रकाशित गन्यो।
१४६ जना उत्तीर्ण भएको नामावलीभित्र मधेसी चेली निकिता मिश्रको पनि नाम थियो । त्यो दिन निकिता काठमाडौंकै गर्ल्स होस्टेलमा बसिरहेकी थिइन् । साँझको समयमा नतीजा प्रकाशित हुँदा साथीहरूले उनलाई शुभकामना र बधाई दिन थाले ।
नतीजा आउने दिन दिउँसोदेखि नै नर्भस भएकी निकिता साँझको समयमा साथीहरूले ख्यालठट्टा गरेको भनेर रिसाइन् पुन: एकजना साथीले लोकसेवा आयोगको नतीजाको प्रतिलिपिको स्क्रितलट उनको म्यासेन्जरमा पठाउँदा उनी विश्वस्त भइन् ।
पछि लोकसेवा आयोगको वेबसाइटमा नतीजा हेरेपछि जोडले चिच्याउँदै खुशी साटासाट गरिन्। वीरगंज महानगर-१४ आवास क्षेत्रमा बसोबास गर्ने निकिताले आमासँग भिडियो कलमा खुशीको खबर सुनाउँदा आमा छोरीसँगै भिडियो कलमा रुन थालिन् ।
धेरै सङ्घर्षपछि २३ वर्षीया मिश्रले प्रहरी निरीक्षकमा एकैचोटि सफलता हासिल गरेपछि अहिले वीरगंज, रौतहट र काठमाडौंमा उनको चर्चा चलेको छ ।
सामाजिक सञ्जाल फेसबूकमा निकिता मिश्रको वाल शुभकामनाले भरिएको छ । बलुवा मदनपुर गाउँपालिका, रौतहट स्थायी घर भएकी निकिताको परिवार अहिले आवास क्षेत्रमा बस्दैछ । निकिताका बुबा वीरगंजस्थित सिद्धार्थ माविमा कार्यरत छन् ।
सिद्धार्थ माविबाट स्कूले अध्ययन गरेकी मिश्रले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल ठाराबमा राजनीतिकशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । स्नातक सकेर जिएचपी स्कूल, वीरगंजमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी
छन् ।
चार वर्षअघि प्लस टु सकेर सुब्बाको लिखित परीक्षा उत्तीर्ण भए
तापनि अधिकृतस्तरको जागीर खान्छु भन्ने सोचले गर्दा उनी अन्तर्वार्ता दिन गइनन् । त्यसपछि स्तातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्युटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् ।
मङ्सिर २४ गते (आज )देखि उनी १६ महीने तालीममा सहभागी हुनेछिन् । मधेसका छोरीचेलीहरूलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनले आग्रह गरिन् ।
जसरी पहाडी समुदायमा छोरीचेलीलाई स्वतन्त्र वातावरण दिइन्छ, त्यसरी नै मधेसी छोरीचेलीले नपाउने गरेको र विभिन्न रूढिवादी चिन्तन र सोचाइका कारण मधेसका छोरीचेली पछि पर्दै गएको उनले बताइन् । उनले केटीलाई विभेद नगरी केटासरह शिक्षादीक्षा, पालनपोषण, घुमफिरलगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्ने उनको दाबी छ ।
प्रहरी निरीक्षाकमा पास हुन अन्तर्वार्तामा लाखौं घूस खुवाउनुपर्छ भन्ने प्रश्नमा उनले लोकसेवा आयोगको विश्वसनीयतामाथि कसैले शङ्का नगर्न र प्रहरी तथा अन्य परीक्षामा घूस खुवाएर पास गराइदिन्छु भन्दै कसैले बार्गेनिङ गर्न आउँछ भन्ने त्यस्ता भ्रममा नपर्न उनले आग्रह गरिन्।
उनले नेपाल प्रहरीको सिद्धान्त र ऐन कानून बमोजिम आफनो कर्तव्य नि्वाहन गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले प्रहरीको धर्म अनुसार आफूले हरेक पाइलामा दायित्व पुरा गर्ने
बताइन् ।