श्री ओशोको जन्म दिनको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग अभ्यास सम्पन्न

काठमाडौ २३ मंसिर । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंसीर २३ गते योग अभ्यास सम्पन्न भएको छ ।

Advertisement


आधुनिक युगका रहस्यदर्शी युग पुरुष ब्रह्मज्ञानी परमगुरु श्री ओशोको जन्म दिनको पूर्वसन्ध्यामा ओशोधारा संघ नेपालले उक्त योग अभ्यासको आयोजना गरेको हो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले योग गर्न पाउँदा खुशी महसुस भएको बताउनुुहुँदै आफ्नो अति व्यस्तताको वावजुद पनि योग अभ्यास गराउन आउनु भएका ओशोधारा संघ नेपालका अध्यक्ष आचार्य गुरु श्री ओशो अखण्डप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।


सो योग अभ्यासमा ओशोधारा संघ नेपालका अध्यक्ष ओशो अखण्डले योगको परिचय, योगबाट हुने फाईदा र मानव जीवनमा योगको आवश्यकता बारे प्रष्ट पार्नहुँदै बिभिन्न संगीतको धुनसँगै योग अभ्यासको प्रशिक्षण समेत गराउनु भएको थियो ।


योग अभ्यास कार्यक्रममा ओशोधारा संघ नेपालका अध्यक्ष आचार्य गुरु श्री ओशो अखण्डलाई सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।


उक्त योग अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत बरिष्ठ अधिकृत तथा सिनियर अधिकृतहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box