महानगरले एक हप्ते योग शिविरको आयोजना : मेयर सिंहले द्वारा उद्घाटन

बिरगंज २२ मंसिर । बिरगंजमा बिहीबारदेखि एक हप्ते योग शिविरको आयोजना गरिएको छ । बिरगंज महानगरपालिका वडा नम्बर ११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।

शिविरको उद्घाटन गर्दै मेयर सिंहले योग मार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गर्न लागेको पनि जानकारी दिए । अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए ।

आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरि आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित शुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उद्योगि अशोक टेमानी, प्रदिप केडिया, संजय खेतान, हरि गौतम लगायतको सहभागिता रहेको थियो ।

२८ गतेसम्मा हरेक दिन विहान साढे ६ बजेदेखि संचालन हुने शिविरमा सहभागिहरुलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिनुहुने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.