बीरगन्जको एसएस न्युरो अस्पतालले आमा सुरक्षा कार्यक्रम संचालन

बीरगन्ज ११ मंसिर / बीरगन्जको लक्षुमनामा रहेको एसएस न्युरो अस्पतालले आमा सुरक्षा कार्यक्रम लागु गरेको छ । बाराको परवानी पुर ५ नौतन मा रहेको एसएस न्युरो अस्पतालले आमा सुरक्षा कार्यक्रम लागु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालनमा रहेको आमा सुरक्षा कार्यक्रम संचालको अनुमती प्राप्त भएपछि कार्यक्रम लागु भएको अस्पतालले आइतवार पत्रकार सम्मेलनको आयोना गरी जानकारी दिएको छ ।

Advertisement

स्वास्थ्य सेवा विभाग महानिर्देशकको २०७१-०७-२५ गतेको निर्णयानुसार यस अस्पतालले आमा सुरक्षा कार्यक्रम संचालनको स्वीकृती पाएको पत्रकार सम्मेलनमा अस्पतालका संचालक डाक्टर वरिष्ठ न्युरो सर्जन श्यामबाबु प्रसाद पटेल ले बताए । कार्यक्रम लागु भएसँगै एल.एस न्युरो अस्पतालबाट आमा सुरक्षा कार्यक्रमको मार्फत निशुल्क प्रसूति सेवा सन्चालन हुने डाक्टर पटेलले बताए ।

जस अन्तर्गत निशुल्क रुपमा प्रशुती सेवा प्रदान गनुको साथै अपरेशनको माध्यमले जन्नमिने बच्चाको पनि शुल्लक नलाग्ने डा. पटेलले पत्रकार सम्मेलनमा बताए । यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधी निर्देशिका २०७८ मा भएको व्यवस्था अनुसार अन्य सेवा प्रदान गरिने उनले बताए । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन स्थित वीरगंजको प्रतिमा चौकदेखि कलैया जाने बाटोमा रहेको यस एल. एस. न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि., परवानीपुर, बारामा २४ घण्टा इमर्जेन्सी सेवा, न्यूरो सर्जरी र यूरोलोजी, स्त्री रोग तथा प्रसुती सेवा, ल्याप्रोस्कोपी सर्जरी, इन्डो यूरोलोजी, जेनरल सर्जरी, मुटु रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग, दांत तथा गिजा सम्बन्धि रोग, दुखाई व्यवस्थापन, जेनरल फिजिसियन एण्ड एण्डोक्रीनोलोजिस्ट, नाक, कान र घाटी, इन्डोस्कोपी, फिजियोथेरेपी, डिजिटल एक्सरे लगाएत आई सी यू तथा भेनटिलेटर, नवजात शिशुको लागि एन. आई. सी. यू तथा भेन्टिलेटर सेवा, भिडियो एक्सरे, इकोकार्डियोग्राफी प्रयोगशाला तथा पैथोलोजी टि. एम. टि. हल्टर ए.बि.पी.एम डायलायसिस सहितको विभिन्न किसिको स्वास्थ्य सेवा तथा उपाचारहरु हुँदै आएको डा. पटेलले बताए । पत्रकार सम्मेलनमा एसएस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लिका संचालक डा. पटेलले बीरगन्जमा अन्य अस्पतालहरुमा नभएको सेवाहरु संचालन गरी रहेको तथा जनताको स्वास्थ्य सेवामा पहुच पुर्याउँने काम अस्पतालले गरेको उनले बताए । नेपालकै ख्यातीप्राप्त डाक्टरहरुको टिमले अस्पतालमा बिरामीहरुलाई सुलभ शुल्कमा सेवा प्रादान गरी रहेको अस्पतालले निकट भबिष्यमा अन्य थप सेवाहरु पनि संचालन गर्दै जाने लक्ष्य लिएको डा. पटेलले बताए । पत्रकार सम्मेलनमा एल.एस. न्युरो एन्ड जनरल हस्पिटल प्रा.लि. का प्रबन्धनिर्देशक रामप्रबेश प्रसाद कुर्मी स्त्री तथा प्रसोती रोग विशेषज्ञ डा.तरन्नुम अफरोज,डा. एनी पाण्डे,अस्पतालका मेट्रोन पिकं सिंन्हा लागयतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box