गढीमाई मन्दिर मा भएको आक्रमण बारे बिश्व हिन्दू परिषद द्वारा ज्ञापन

बारा ७ माघ । बारा जिल्लाको गढिमाइ मन्दिरमा भएको आक्रमण र तोडफोड घटनाले विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण संगै बाराका  प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ  । बारा जिल्लाको प्रसिद्ध गढीमाई मन्दिरमा गैरहिन्दू समुदायद्वारा भएको आक्रमणको घटनाले धार्मिक सहिष्णुतामा गम्भीर चुनौती खडा गरेको छ।

Advertisement

आज सोमबार विश्व हिन्दू परिषद नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै आक्रमणको कडा विरोध गरेका छन् र दोषीहरूमाथि शीघ्र कडा कारबाही गर्न माग गरेका छन्।

विश्व हिन्दू परिषद नेपालका प्रतिनिधिहरूले घटनालाई सनातन हिन्दू धर्ममाथिको प्रहार र धार्मिक स्वतन्त्रताको उल्लंघन भएको बताएका छन्। परिषदले समुदाय विशेषका आपराधिक मानसिकताले प्रेरित यस्ता आक्रमणहरूलाई नियन्त्रण गर्न सरकार र प्रशासनको भूमिका कडा रूपमा माग गरेको छ।

ज्ञापनपत्रमा प्रस्तुत प्रमुख मागहरू:

१. आक्रमणकारीहरूको गिरफ्तारी – घटनामा संलग्न सबै व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाही थाल्न।

२. विशेष अनुसन्धान समिति गठन – घटनाको निष्पक्ष छानबिनका लागि विशेष समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न।

३. धार्मिक स्थलहरूको सुरक्षा प्रवर्द्धन – गढीमाई मन्दिर लगायतका धार्मिक स्थलहरूको सुरक्षा प्रबन्धलाई थप प्रभावकारी बनाउन।

ज्ञापनपत्रमा बारा जिल्ला प्रशासन कार्यालयसँगै गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र सम्बद्ध स्थानीय निकायहरूमा प्रतिलिपि पठाइएको छ।

विश्व हिन्दू परिषदले धार्मिक आस्थाको सम्मान सुनिश्चित गर्न र यस्ता असामाजिक घटनाको दोहोरिन नदिन समयमै प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

परिषदले सरकार र प्रशासनले तुरुन्त कदम नचाले थप आन्दोलनको चेतावनी समेत दिएको छ। गढीमाई मन्दिर हिन्दू धर्मावलम्बीहरूको गहिरो आस्थासँग जोडिएको ऐतिहासिक स्थल हो। यस्तो पवित्र स्थलमा भएको आक्रमणले हिन्दू समाजमा व्यापक रोष उत्पन्न गरेको छ। यस घटनामा सम्बन्धित निकायहरूको प्रतिक्रिया आउन बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box