पत्रकारको दायीत्व पूरा गर्न दल भन्दा माथी उठेर भुईमा रहेको मान्छेको आवाज उठाउन पटेलको आग्रह

कलैया ०६ माघ / पत्रकारको दायीत्व पूरा गर्न दल भन्दा माथी उठेर भुईमा रहेको मान्छेको आवाज उठाउन जनमत पार्टीको बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेलले आग्रह गरेका छन्।

Advertisement

जनमत प्रेस सँघ बाराको आयोजनामा नेपाल पत्रकार महासंघमा बारा जिल्लाबाट केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रमको प्रमुख अतिथिको आसनबाट पटेलले यस्तो बताएका छन्।

पटेलले नेपाल देशको बिकास तथा बिभिन्न किसिमको आन्दोलनमा प्रेसको धेरै नै भुमिका रहेकोले स्मरण गर्दै हालको समयमा दल भन्दा माथि भ्रष्टाचारको विरुद्ध कलम चलाउन आग्रह गरेका छन्। समाचारको बिषयमा जनताको पक्षमा कलम चलाउँदा हाम्रो जनमत पार्टीको बिरुद्ध पनि कमल चलाउन आवश्यक परे पछि नहट्न आग्रह गर्दै पटेलले पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरुको सम्मान होईन जिम्मेवारी बोध गराएको बताएका छन्।

केही पत्रकार साथी निम्ता पाएर पनि उपस्थित हुन नसकेको प्रति दु:ख ब्यक्त गर्दै आम नेपाली जनताको आवाज निश्पक्ष भएर उठाउन आग्रह पटेलले गरेका छन् । पत्रकारको निर्वाचनमा हारेपछी ससक्त रुपमा अगाडी बढेर ईमान्दार भएर पत्रकारिता गर्न भन्दै निर्वाचित सबै पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामनासमेत पटेलले दिएका छन् ।

सोहि कार्यक्रममा सम्मानमा ग्रहण गर्दै पत्रकार महासंघको केन्द्रीय सदस्य सिकिन्द्र पासवानले सन्चार संस्थामा बिना नियुक्ति कोहि पनि पत्रकारले कतै काम नगर्न आग्रह गरेका छन् । भने हरेक सन्चार गृहले समेत पत्रकार लाई नियुक्ति दिएर मात्र काम गराउन आग्रह गरेका छन् ।

त्यस्तै पत्रकार महासंघ बाराको अध्यक्ष रमेश सुवेदीले आफु पत्रकार महासंघ बाराको अध्यक्षमा निर्वाचित भएकोले सधैं पत्रकारको हकहित संरक्षण गर्ने बताएका छन्। पत्रकारको मुल धर्म नै समाचार सम्प्रेषण गर्नु भएकोले निर्धक्क रुपमा समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। समाचारको बिषयमा पत्रकार माथि कुनै किसिमको मुद्दा आफ्नो कार्यकालमा दर्ता हुन नदिने प्रतिबद्धता गर्दै जनताको ऐनाको रुपमा पत्रकारहरुले आफ्नो कलम चलाउन आग्रह गरेका छन्।

उक्त कार्यक्रममा प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रदेश सदस्य साजिर मन्सूर, सन्जिव मिश्र,जिल्ला सदस्यहरु जिउत यादव,धिरेन्द्र तिवारी,नबिन चौधरीलाई खादा माला तथा अबिर लगाएर सम्मान गरिएको थियो। सो अवसरमा उपस्थित जिल्लाका अन्य सकृय पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

जनमत प्रेस सँघ बाराको अध्यक्ष अमरेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानले कार्यक्रम सँचालन गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box