हिन्दु स्वयंसेवक संघ वीरगंजले सामुहिक खिचडी कार्यक्रम मनाए

वीरगंज १ माघ । हिन्दु स्वयंसेवक संघ नेपाल वीरगंजले माघे संङ्क्रान्तिको अवसरमा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दु स्वयंसेवक संघ नेपाल वीरगंजले समता ममता र समरसताको पर्व मकर संङ्क्रान्तिको अवसर पारेर वीरगंजको बाइपास केशव धाममा एक कार्यक्रम अयोजना गरि हिन्दू धर्ममा दलित शब्दको कहि उच्चारण नभएको र दलित राजनीतिक शब्द भएकोले हिन्दु धर्मको ग्रन्थमा दलित नभएकोले यसलाई अहिले केही ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्ने उदेश्यले विभिन्न जातजातिको बर्णन गरिएको हो । हिन्दु धर्म ग्रन्थमा उल्लेख भए अनुसार महिला र पुरुष मात्र रहेकाले हिन्दुले छुवाछूतको अन्त अहिले होइन उहिले हिन्दु धर्म ग्रन्थमा उल्लेख रहेको बताए ।
पहिला दलितहरुको पानी नचल्ने तथा छुवाछूत को भेदभाव राखने भएकोमा हिन्दु स्वयंसेवक संघले छुवाछूतलाई अन्त गर्न हामी सबै हिन्दु हु र हाम्रो धर्म संस्कृति पहिचान एउटै हो भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
कार्यक्रममा कथित दलित जसलाइ नेताहरुले आफ्नो राजनिक आखडा र राजनीतिक भेटबैक मात्र बनाउने उदेश्यले आम धर्मलाई विभाजन गरिएको संघको बुझाई रहेको छ। भाषामा दलित भनिएको छ,कार्यक्रममा डोम,चमार,दुशाद लगायत हिन्दुका विभिन्न जात जातिका ब्यक्तिहरुलाइ एकै ठाउमा बोलाएर भेला गरि सबैको घरबाट तिल,चिउराको लड्डु ल्याउने र सबै मिलाएर परिकारमा मिसाएर खिचडी बनाईएको थियो ।
उक्त कार्यक्रममा सबै जातजातिका ब्यक्तिहरु र संघका स्वयंसेवकहरु एकै ठाउँमा बसेर सामुहिक खिंचडी खाएको थियो । हिन्दु सबै हामी भाइ भाइ हौ हामी जातिय भेदभाव हुनु हुदैन हामी हिन्दूहरुमा समता,ममता र समरसताको भाव हुनु पर्ने संघको बुझाइ रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Facebook Comments Box