वीरगन्ज अशान्त बनाउन खोज्नेहरु विरुद्ध प्रतिकारमा उत्रने जसपाको चेतावनी

वीरगन्ज,५ जेठ। वीरगंजजनता समाजवादी पार्टी (जसपा) ले वीरगन्जका मेयर समेत रहेका पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको नितान्त व्याक्तिगत विषयलाई लिएर वीरगन्जमा अशान्ति बनाउन खोज्नेहरु नसच्चिए आफनो पार्टी प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

Advertisement

जसपा पर्साका संयोजक सिंगासन साह तेलीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । उक्त प्रेस विज्ञप्तिमा लेखिएको छ–वीरगन्जका मेयर तथा पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको नितान्त व्याक्तिगत विषयलाई लिएर वीरगन्जमा सकृय भूमाफीया, दलाली , दोहोरो नागरिकता जस्ता अपराधिक कृयाकलापमा संलग्न रही अदालतमा मुद्धा खेपिरहेका केहि व्याक्तिहरुको झुण्डले अनेकन निकायमा उजुरी दिइसकेको सर्वविदितै छ । राज्यको भएभरको निकायमा उजुरी दिइसकेपछि सोेही विषयलाई लिएर उक्त समुहले दैनिक वीरगन्जको शान्ति भंग गर्ने र समग्र वातावरण बिगार्ने काम गर्दै आइरहेको छ ।

उनिहरुको असभ्य, उदण्ड र गरकानूनी हर्कतको जसपा पर्साले घोर भत्र्सना गरेको भन्दै जसपा संयोजक तेलीले न्याय निरुपणको प्रकृयामा गइसकेको विषयलाई सडकमै उदण्डता देखाएर छिनोफानो गर्ने र दोषी करार गर्न खोज्ने कार्य कदापी स्वीकार्य नहुने बताएका छन् । एउटा पक्षले विरोध प्रदर्शन गर्न पाउनुपर्ने माग दर्ज गर्दागर्दै अर्को पक्ष समर्थनमा उत्रन पाउनु पर्ने लोकतन्त्रकै पक्ष भएको संयोजक तेलीले जनाएका छन् । शुक्रबार साँझ वीरगन्जमा सर्वसाधरणको सवारीसाधनमा आगजनी गर्ने प्रयासमा संलग्न भएकाहरुलाई प्रहरीले लाठी चार्ज गर्दा घाइते भएको विषयलाई जसपाका कायर्यकर्तासंग झडप भएको भनि दुष्प्रचार गर्ने कार्यको जसपा पर्साले घोर भत्सर्ना गरेको छ ।
माईस्थान चोकमा वीरगन्जका मेयरको समर्थनमा नाराबाजी गरेका जसपाका कार्यकर्ताहरुलाई कांग्रेसका क्षेत्रीय सभापति समेतको संलग्नतामा लाठी , हेलमेट लगायतले प्रहार गरेकोमा उक्त कार्यकोपनि जसपाले घोर भत्र्सना गर्दै त्यसमा संलग्नहरुलाई तत्कालै पक्राउ गरि कानूनी कारबाहीको दायरमा ल्याउन संयोजक तेलीले माग गरेका छन् । लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसका क्षेत्रीय सभापति जस्तो व्याक्ति स्वंयले सर्वसाधरणको सवारीसाधनमा आगजनी गर्ने प्रयास गरेको र उक्त कार्यको भिडियो प्रमाण समेत सामाजिक सञ्जालमा आइसकेकाले उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न जसपा पर्साले माग गरेको छ ।

राजनीतिक खोल आढेका एक व्याक्ति र उसको परिवारिक रिसबी साँध्न नियतले दिनहु उदण्डता, अराजकता, गैरकानूनी हर्कत गरेर समग्र वीरगन्जलाई नै अशान्त बनाउने हर्कत अब वीरगन्जबासीलेपनि सहेर बस्न नसक्ने अवस्था भइसकेको भन्दै जसपा पर्साले उनिहरुको त्यस्ता गतिविधी र हर्कतहरु नरोकिएको खण्डमा त्यस्ता गतिविधी र त्यसमा संलग्नहरुविरुद्ध जसपा कडा प्रतिकार गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box