क्यासिनोमा कुटाकुट, क्यासिनो नियमावलीकाे उल्लंघन

 

Advertisement

वीरगन्ज । नेपाल – वीरगन्जको आदर्शनगर स्थित लर्डस दियालोको क्यासिनोमा कुटाकुट भएको छ। क्यासिनोका संचालक सुजन केसीले हिसाब किताब गर्नका लागि आफ्नो एजेन्टलाई बोलाई वादविवाद गर्न लगाएर क्यासिनो कै बाउन्सरबाट कुटपिट गर्न लगाएको जानकारी प्राप्त भएको छ।
बिरगन्ज माईस्थान वडा नम्बर ६ बस्ने सन्दीप रौनियारलाई क्यासिनोका कर्मचारीहरूले आक्रमण गरेको बताएको छ। उनी क्यासिनोमा ग्राहक ल्याउने विश्वासपात्र व्यक्ति मानिन्छन्। रौनियारको ढाडमा गम्भीर चोटपटक लागेको छ।
क्यासिनोका बाउन्सरबाट निर्घात कुटपिटबाट रौनियारको गहिराे चोट लागेकाे छ। तर, क्यासिनोहरूमा यस्तो घटना कुनै नौलो कुरा होईन ।
क्यासिनोमा नेपालीहरूले जुवातास, फ्लास खेलेर लाखौंलाख रुपैयाँ हारेको कतिपय तथ्य प्रमाणहरू रहेको छ।

वीरगन्ज, पर्सा, र बारा रौतहट जिल्लाका युवाहरूले घर जग्गा नगद हारेर बिल्लीबाठ भएको उदाहरण सजिलै देखिन्छ। केहीले त आत्महत्या समेत गरेको छ।
क्यासिनोमा बिशेष गरी बैंक, बिमा, जग्गा कारोबारी, सुनचाँदी कारोबारी र नेपाली नागरिकहरू प्रस्तुतिमा जाने गरिएको छ। तर, उनीहरूलाई रोक्नु भन्दा झन बिल्लीबाठ बनाएर घर फर्काउने गरेको छ।

क्यासिनाे नियमावली,२०७० मा ईजाजत नलिई क्यासिनाे गर्न वा गराउन नहुने, कम्तिमा पाँच तारे हाेटल हुनु पर्ने, नेपाली नागरिकले क्यासिनाेे खेल्न र क्यासिनाे स्थलमा प्रवेश गर्न नपाउने जस्ता कुरा उल्लेख छ । हाल विरगंजमा ६ ओटा जुवा घर संचालनमा रहेकेकाे सूचना प्राप् भएकाे छ । १. दियालाे लर्डस २. भिस्वा हाेटल ३. कलर्क रिसाेट ४.टाउन हल हाेटल ५.अनपूर्ण हाेटल ६. हाेटल सुरज

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box