बीरगंज उधोग वाणिज्य संघको ४८ औ वार्षिक साधारणसभा सम्पन्न

बिरगंज २८ फागुन । सुमधुर सम्बन्धन सम्मानजनक ब्यवहार ,सृदृढ निजी क्षेत्र नयाँ नेपालको आधार भन्ने मुलनाराका साथ बीरगंज उधोग वाणिज्य संघको ४८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघको वार्षिक साधारणसभा उदघाटन समारोहमा नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।

Advertisement

उदघाटन समारोहमा उनलेे भने निजी क्षेत्रको लागि मात्र नभइ समग्र ब्यवसायी हितका निति सरकारलाई सुझाव संगै दबाबमूलक दिने काम गरेको बताए ।अहिलेसम्म निजी क्षेत्रले भोग्नुपरेको समस्या समाधान गर्न सल्लाह दिएको तर अहिले आएर सरकार बल्ल बुझ्ने प्रयास गरिरहेको ढकालले बताएका छन् संघले मौद्रिक नितिका बारेमा र वितिय संस्था बजेट तथा बैककिङ्ग लधुवितिय क्षेत्रको समस्या बारेमा समेत आवाज संघले उठाउने काम गरिरहेको बताए ।

अहिले केवल ठूलाठूला उधोगलाई मात्र नहेरी समग्र ब्यवसायीको हित कसरी हुन्छ भन्ने बारेमा महासंघ लागिपरेको ढकालले बताएका हुन । अहिले १० अर्बको ब्यवसायी लगानी सम्मेलन आयोजना गर्न लागेकोमा यहाँको ब्यवसायी पनि सहभागी हुन आग्रह गरेका छन् ।

बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले स्वागत मनतब्य गर्ने क्रममा समग्र उधोग ब्यवसायीको समस्यालाई चाडैं समाधान तथा दिगो आर्थिक विकास र अौधोगिक क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए ।उनलेे भने बजेट निर्माण ,विदेशी ऋण ,उधारो कानुन ,स्वदेशी उधोग र कारोबारलाई प्रोत्साहन ,भ्याट,टेक्यास,आयकरको सिमा,आयकरको अधिकतम सिमा,अग्रिम आयकरको रकम ,मुल्य अभिबृद्धिकर,मुअकर,भन्सार राजस्व लगायत अन्य क्षेत्रमासमेत सुधार गर्न जरुरी रहेको बताएका छन् ।

साधारणसभामा डाक्टर सुबोध गुप्ता ,वरिष्ठ उपाध्यक्ष हरि गौतम ,उपाध्यक्ष माधवराजपाल,कोषाध्यक्ष शिवजी कलवार,तथा अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण महासचिव आशिष कुमार लाठले गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box