गाई काट्नेलाई ठाउँको ठाउँ खुकुरीले छपकाईदेउः धर्मगुरु श्रीनिवास

वीरगञ्ज । धरानका धर्मगुरु भनिने श्रीनिवास आचार्यले जनकपुरमा हिँसात्मक अभिव्यक्ति दिएका छन् ।

Advertisement

धरानमा मन्दिर अगाडी चर्च बनाएपछि एकाएक चर्चामा आएका धर्मगुरु श्रीनिवास आचार्यले जनकपुरमा शुक्रबार निकालिएको गौहत्या विरुकद्धको रयालीमा गाई मार्नेलाई ठाउँको ठाउँ खुकुरी छप्काउने प्रतिक्रिया दिएका छन् ।

शुक्रबार दिउँसो जानकी मन्दिरबाट निकालिएको शान्तीपूर्ण रयालीमा सहभागी हजारौँ साधुसन्त, हिन्दु धर्मावलम्बीहरुको बीचमा उनले मनतव्य राख्दै गाई काट्नेलाई खुकुरीले छप्काईदिनुपर्ने अभिव्यक्ति दिएका हुन् ।

उनले भारतको पँजावमा शीखहरुले तरबार बोक्ने स्वतन्त्रता भएको उदाहरण दिँदै नेपालमा समेत खुकुरी बोक्ने स्वतन्त्रता रहेकोले गाई काटनेलाई खुकुरीले छप्काईदिनुपर्ने धारणा राखेका छन् ।

उनले सार्वजनिक मँचमै खुकुरी देखाउँदै गाई काटने जोकोहीलाई खुकुरीले छप्काउनुपर्ने आक्रोसपूर्ण अभिव्यक्ति दिएका हुन् ।

श्रीनिवास धरानका मेयर हर्क साम्पाँग र गाई गोरु काटने विरुद्ध एक्लो लडेका धर्म गुरुका रुपमा चिनिन्छन् । सम्पूर्ण धरान एक हुँदा श्रीनिवास गाई गोरु काटने विरुद्ध र मन्दिर अगाडी चर्च बनाउने विरुद्ध एक्लो खडा भएका थिए ।

विश्व हिन्दू परिषद्ले आयोजना जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको अध्यक्षतामा शुक्रबार जानकी मन्दिरको प्राङ्गणबाट हजारौंको संख्यामा हिन्दूवादीहरुले विरोध जुलुस निकालेका छन ।

विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा गौ हत्या भइ रहँदा पनि सरकार मूक दर्शक भएर बसेको भन्दै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले बताए ।

गाई नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रुपमा परापूर्वकाल देखिनै मान्दै आएका कारण केही अतिबादीहरुले हिन्दू सनातनधर्ममाथि प्रहार स्वरुप गौ हत्या गर्ने गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनुनै सनातनीहरुमाथिको पहिलो आक्रमण थियो तर, अब हिन्दूहरु जागरुक भइसकेको उनले बताए ।

सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु सनातनीहरुकोलागि दुःखद रहेको उनले धारणा राखेका थिए ।(साभार:-न्यूज ब्यूरो.कम)

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box