चकलेट तस्करको नामुद मानिने अग्रवालले नेपालमा दर्जनौं फर्म दर्ता गरी राजश्व चुहावट गर्दै

बीरगंज, १८ भाद्र / चकलेट तस्करको नामुद मानिने शंकर अग्रवालले नेपालमा दर्जनौं फर्म दर्ता गरी राजश्व चुहावट गर्दै आएका छन्। रामगोपाल अग्रवालको छोरा शंकर अग्रवाल चाँहि भारतिय नागरिक रहेका छन्। उनको भारतको रक्सौल डंकन अस्पताल नजिक अन्नपूर्णा मार्ट सञ्चालनमा रहेको छ ।

Advertisement

चकलेट तस्कर शंकर अग्रवाल भारतीय निवासी रहे पनि आफ्नो भाई रमेश अग्रवालको बिबाह नेपाल भएकोले दर्जनौ फर्महरु सँचालन गरी चकलेटको तस्करी सहित फर्महरुको लेखापरीक्षण नगराई राजश्व समेत दोहन गर्ने गरेको रहस्य बाहिर आएको छ। चकलेट तस्कर शंकरले आफ्नो बुहारी श्रीमति मिनु अग्रवालको नाममा अन्नपूर्णा मार्ट, अन्नपूर्णा मार्केटिङ्ग लगायतका फर्महरु दर्ता गराई कारोबार गर्ने गरेका गरेका छन्। भने बिरगँज आसपासका कैयौं व्यक्तिहरुको नाममा फर्म दर्ता गराई लेखापरीक्षण समेत नगराई नेपाल सरकारको लाखौं लाख राजस्व दोहन गरेका छन् । जसको परिणामस्वरूप राजश्व नितिर्दा राजस्व विभागले गजानन्द सप्लायर्स लगायतको फर्मलाई जरिवाना गरेको थियो ।

नेपालको कानुन अनुसार नेपाली छोरीको भारतमा विवाह भई सकेपछि नेपाली नागरिकता रद्द हुनुपर्ने प्रावधान रहेको छ। तर चकलेट तस्कर अग्रवालको ईशारामा मिनु अग्रवाल नेपाल भारत दुबै देशको नागरिक रहेको समेत स्रोतको दाबि रहेको छ। मिनु अग्रवालको नागरिकता माथि छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ। साथै नागरिकता माथि छानबिन गरी मिनु अग्रवालको नाममा सँचालन रहेका सम्पुर्ण चल अचल सम्पत्ति नेपाल सरकारले जप्त गर्न सम्बन्धित नागरिकहरुको माग समेत रहेको छ।

साथै शंकर अग्रवालले वीरगंज भन्सारको सेटिङ्गमा लाखौं लाख राजस्व चुहावट गर्दा राजस्व विभागले जरिवाना गरी करिब एक वर्ष अगाडि शंकरलाई पक्राउ पूर्जी समेत जारी गरेको स्रोतको दाबी रहेको छ । तर चकलेट तस्कर अग्रवाल पावर र पैसाको बलमा पक्राउ नपरी चकलेटको तस्करी सुचारु नै राखेको पाईन्छ।

अग्रवालले सँचालन गर्दै आएको पुरानो फर्ममा राजश्व कार्यालयको जरिवाना भएको हुनाले उनले हाल नयां फर्म मुकेश एण्ड कुमार ईन्टरप्राईजेज फर्मको नाममा कारोबार सुचारु गरी आफ्नो तस्करी कार्यलाई निरन्तरता दिएका छन्। अग्रवालको बीरगंज भन्सार कार्यलयमा आफ्नो सेटिङ मिलाई चकलेटको कन्टेनर नै महिनामा २५ देखि ३० वटा नेपाल भित्राउने गरेका छन्। नेपाल भित्रिएका चकलेटको कन्टेनर कुम्हालटोल र बाईपास रोड वैष्णव देवी मन्दिर नजिक रहेको गोदाममा अनाधिकृत तरिकाले भण्डारण गर्ने गरेको स्रोतको दाबि रहेको छ।

साथै स्रोतको अनुसार अग्रवाल आफै लुकिछिपी बीरगंज र रक्सौल आवत जावत गर्ने गरेका छन्। भने उनले मार्केटिङ गर्न राखेको कर्मचारी सुरेश शर्मा मौका छोपी गोदाममा रहेको चकलेटहरु बजारमा सप्लाई गर्ने गरेका छन्।

उनको वीरगंज भन्सार कार्यालयमा अम्बिक फुड प्रोडक्टस ग्वालियरका विभिन्न ब्राण्डका चकलेटहरु भारत मध्य प्रदेश नम्बरको दुई वटा कन्टेनरहरु रहेको छ ।

सो कन्टेनरहरु महिनौं देखि वीरगंज भन्सारमा रोकिनुको कारण भन्सार सेटिङ्ग गर्नु र सेटिङ्ग हुने वित्तिकै भित्रयाउने योजना रहेको स्रोतले जनाएको छ । चकलेटका नामुद तस्करको नामले चिनिने शंकरले आफु लुकिछिपी वीरगंज रक्सौल घुम्दै आफ्ना मार्केटिङ्ग दुतको रुपमा भारतीय नागरिक सुरेश शर्मालाई राखेका छन् । शर्माले कुम्हालटोल र बाईपास रोड वैष्णव देवी मन्दिर नजिक रहेको गोदाममा अनाधिकृत तरिकाले भण्डारण गरिएका चकलेटहरु मौका छोपी सप्लाई गर्ने गरेको बताईन्छ ।

यसरी अग्रवालको नेपाल सरकारको लाखौं लाख राजस्व छल्दा र नेपाली व्यक्तिहरुको नाममा फर्म सँचालन गरी लेखापरीक्षण नगराई राजश्व नतिरेकोले फर्मको प्रोप्राइटरहरुलाई उठि बास लागेको छ। भने पक्राउ पुर्जि जारी भएको तथा चकलेट तस्करको रुपमा नामुद बनेका अग्रवाल पक्राउ नपर्नुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगठन माथि नै प्रश्न चिन्ह खडा भएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box