पर्सामा नेपाल रेडियोलोजिस्ट एसोसिएसन (NRA) द्वारा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

पर्सा २३। नेपाल रेडियोलोजिस्ट एसोसिएसन (NRA) ले पर्सा जिल्लामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पर्सा जिल्लामा कार्यरत सबै रेडियोलोजिस्ट चिकित्सकहरूको सक्रिय सहभागितामा आदर्श नगर क्षेत्रमा सयौँ बिरुवा रोपेर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

Advertisement

कार्यक्रमको उद्देश्य स्थानीय समुदायलाई हरियालीयुक्त, स्वच्छ र स्वास्थ्य–मैत्री वातावरण प्रदान गर्नु रहेको आयोजकहरूले जानकारी दिए। पर्यावरण संरक्षण, प्रदूषण न्युनिकरण तथा हरियाली विस्तारलाई प्राथमिकता दिँदै आयोजना गरिएको यो अभियानले समुदायमै सकारात्मक सन्देश प्रवाह गरेको छ।

वृक्षारोपण अभियानमा सहभागी चिकित्सकहरूले वातावरण संरक्षण सबैको दायित्व भएको उल्लेख गर्दै यस्ता अभियान आगामी वर्षहरूमा पनि निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

NRA पर्साका प्रतिनिधिहरूका अनुसार, रोपिएका बिरुवाको संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक निगरानी तथा हेरचाह कार्य निरन्तर गरिनेछ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box