पिक्स लेन्सका संचालक अग्रवालले नव दुर्गा पूजा सेवा समिति बिरगंजलाई ३५ वटा टि–शर्ट सहयोग

वीरगंज ६ । बडा दशैंकाे पहिलाे दिन घटस्थापनाको अवसरमा पिक्स लेन्स वीरगंजले नव दुर्गा पूजा सेवा समितिलाई ३५ वटा टि–शर्ट सहयोग गरेको छ। वीरगंजका श्रद्धालु भक्तजनलाई ३५ वटा टिसर्ट सहयोग गरिएको पिक्स लेन्सका संचालक सौरभ अग्रवालले जानकारी दिए ।

Advertisement

उनका अनुसार घटस्थापनाकाे दिन वीरगंजमा निस्केकाे कलश यात्रामा ५ सय भन्दा बढी भक्तजनहरू सहभागी भएका थिए । दुर्गा पूजा सेवा समितिले आफ्नो क्षेत्रमा दुर्गा माताको मूर्ति स्थापना गरी सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गरेको छ ।
आगामी दशैंमा नागवा दुर्गा पूजा समितिद्वारा विशेष कार्यक्रम आयोजना गरिनेछ । साथै, पिक्स लेन्सले दशैंको समयमा निःशुल्क फोटोग्राफी तथा भिडियो ग्राफी सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box